गृह जिल्ला लमजुङमामा लोकगायक राजु परियारलाई सम्मान
२४ पुस, काठमाडौं ।
लोक तथा दोहोरी गायक राजु परियारलाई गृह जिल्ला लमजुङमा सम्मान गरिएको छ ।
नेकपा एमाले जिल्ला संगठन लमजुङको आठौँ जिल्ला अधिवेसनको अवसरमा लमजुङको सुन्दरबजार नगरपालिकामा शुक्रबार गायक परियारलाई सम्मान गरिएको हो ।
नेकपा एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेकपा एमाले, लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले सम्मानपत्र र फूलमालाले गायक परियारलाई सम्मानित गरिएको हो ।
लमजुङको बेंसीसहर नगरपालिका २ चिसापानी घर भएका गायक परियारलाई स्थानीय लोक भाका, गाउँवस्तीका प्राकृतिक सुन्दरता, सामाजिक विभेदलगायतलाई लोकगीतका माध्यमबाट उजागर गरेको भन्दै सम्मान गरिएको हो ।
जन्मभूमीमा आफुलाई सम्मान गरेकोमा गायक परियारले खुशी व्यक्त गरे ।
वि.सं. २०३७ सालमा जन्मिएका परियारले ९ वर्षको उमेरदेखि गीत गाउन थालेका हुन् । उनले हालसम्म १३ हजारभन्दा बढी गीतमा स्वर भरेका छन्।
गायक परियारले प्रवल जनसेवा श्री चौँथो विभूषण, भारतको पुनाबाट प्राप्त डा. अम्बेडकर पुरस्कार र नातिकाजी युवा प्रतिभा लगायतका विभिन्न पुरस्कार पाएका छन् ।
Facebook Comments