दीपकले चलाउने ‘क्राइम पेट्रोल’ प्रिमियर, बुधबारदेखि प्रसारणमा आउने

दीपकले चलाउने ‘क्राइम पेट्रोल’ प्रिमियर, बुधबारदेखि प्रसारणमा आउने

२४ पुस, काठमाडौं । 
कलाकार दीपकराज गिरीले चलाउने नेपाली संस्करणको टिभी सिरिज ‘क्राइम पेट्रोल’ को प्रिमियर गरिएको छ ।

शुक्रबार काठमाडौंको बिग मूभिजमा रंगपत्रकार तथा फिल्मकर्मी माझ सिरिज प्रिमियर गरिएको छ ।

कार्यक्रममा कलाकार दीपकले सिरिजको होस्ट आफ्नो सिक्ने प्रयास रहेको बताए । आफुलाई चाउचाउको खोल र चाउचाउलाई शो सँग तुलना गर्दै खोलभन्दा चाउचाउ स्वादिष्ट हुनुपर्ने तर्क गरे । 

विशाल सापकोटाले निर्देशन गरेको सिरिज आगामी बुधबारदेखि ग्यालेक्सी फोरके टिभीबाट प्रसारणमा आउने भएको छ ।

‘क्राइम पेट्रोल’ सम्पदा मल्ल र उनको टिमले निर्माण गर्न लागेको हो ।