रामकृष्ण ढकालकाे स्वरमा ‘अरु के रहेछ’ बोलको गीत सार्वजनिक

रामकृष्ण ढकालकाे स्वरमा ‘अरु के रहेछ’ बोलको गीत सार्वजनिक


२४ पुस, काठमाडौं ।

सत्य घटनामा आधारित ‘अरु के रहेछ’ बोलको गीत सार्वजनिक भएको छ । भक्तपुरमा एक कार्यक्रमका बीच रामकृष्ण ढकाल र संगिता रनपयालीको स्वर रहेको गीत सार्वजनिक भएको हो ।

कलकल ग्रुपका संस्थापक प्रमुख कार्यकारी अधिकृत रहेका करण सागर पराजुलीको सम्झनामा उनकी दिदीले शब्द भरेकी हुन् । पराजुलीको गत वर्ष निधन भएको थियो । 

यस गीतको गीतकार सगुन शर्मा रहेकी छिन् भने महेश खड्काले संगीत भरेका छन् । रामकृष्ण ढकालको युट्वुब च्यानलमार्फत सार्वजनिक भएको गीतमा किरण केसी, रानु निरौला, किरण रुपाखेती र सुनिता अकिारीको अभिनय रहेको छ । भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन् ।  

गीत सार्वजनिक कार्यक्रममा अग्रज गीतकार किरण खरेल, महासेनानी रविराज कार्की, हाँस्य कलाकार किरण केसी (रातामकै), संगीतकार महेश खड्का र भिडियोका निर्देशक माइकल चन्दलाई सम्मान गरिएको थियाे ।