अध्ययनका लागि अमेरिका उडिन् श्रृङ्खला, सिसनले गरे एयरपोर्टमा बिदाई

अध्ययनका लागि अमेरिका उडिन् श्रृङ्खला, सिसनले गरे एयरपोर्टमा बिदाई

काठमाडौं, १९ साउन । 
पूर्वमिस नेपाल श्रृंखला खतिवडा अध्ययनका लागि अमेरिका प्रस्थान गरेकी छिन् ।

सोमबार बेलुका त्रिभुवन विमानस्थलबाट उनी अध्ययनका लागि अमेरिका प्रस्थान गरेकी हुन् । श्रृंखलालाई बिदाई गर्न उनका नजिकका साथी सिसन बानियाँ र परिवारका केही सदस्य एयरपोर्टमा पुगेका थिए ।

मिस नेपालको यात्रा देखि नै साथ दिएका सिसन र श्रृंखला प्रेममा रहेको हल्ला चलेपनि दुवैले आफूहरु नजिकको साथी भएको बताएका छन् । उनीहरु दुवैले एकअर्काबीच प्रेममा रहेको कुरा सार्वजनिक रुपमा बताएका छैनन् ।

नेपालमा आर्किटेक्चरमा स्नातक गरिसकेकी श्रृङ्खला अमेरिकाको हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न अमेरिकातर्फ प्रस्थान गरेकी हुन् । 

केही समय अगाडि हावर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै सामाजिक सञ्जाल मार्फत खुसी समेत साट्दै हावर्डमा अध्ययन गर्ने बताएकी थिइन्  । खुसी साट्दै उनले यो आफ्ना लागि अहिलेसम्मकै ठुलो खुसीको कुरा भएको बताएकी थिइन् । 

श्रृङ्खला खतिवडा सन् २०१८ की मिस नेपाल विजेता हुन् । मिस नेपाल विजेता बनेपछि चर्चामा छाएकी उनले मिस वर्ल्डमा समेत नेपालको प्रतिनिधित्व गरेकी थिइन् । उनको सुन्दरता र बौद्धिकताको कारण निरन्तर चर्चामा छाएकी उनका प्रशंसक विश्वभरका नेपाली छन् ।

अकेरिका उड्नुभन्दा अगाडी श्रृङ्खलाले बिदाको समय मिलाएर वर्षको एक दुईपटक नेपाल आउने योजना बनाएको उनले बताएकी थिएन् ।