मिस वर्ल्ड को फिनाले मार्च १६ मा हुने

मिस वर्ल्ड को फिनाले मार्च १६ मा हुने

८ पुस, काठमाडौं ।
प्रतिस्पर्धी र आयोजक टिमका सदस्यहरुमा कोरोना संक्रमण भएपछि नयाँ सुचना नआउदा सम्मका लागि स्थगित भएको  'मिस वर्ल्ड' को फिनालेका लागि नयाँ मिति सार्वजनिक भएको छ । 

आयोजकले एक विज्ञप्ती जारी गर्दै कार्यक्रमको नयाँ मिति सार्वजनिक गरेको हो । जारी  विज्ञप्तिमा मार्च १६, २०२२ मा कार्यक्रम आयोजना हुने बताइएको छ ।  

विश्वभरका प्रतिस्पर्धीहरुले मार्च १६ अर्थात् चैत २ गते अमेरिकामा प्रतिस्पर्धा गर्ने भएका छन्।

मिस वल्र्डको फिनाले तत्कालका लागि स्थगित भएका कारण यसै साता मात्रै मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरेकी नम्रता श्रेष्ठ नेपाल फर्किएकी थिइन् ।