फैलदो कोरोना संक्रमण, थप ५५९ जनामा सङ्क्रमण पुष्टि

फैलदो कोरोना संक्रमण, थप ५५९ जनामा सङ्क्रमण पुष्टि
स्केच सौजन्य: ORF

काठमाडौं, ३० चैत । 
देशभर पछिल्लो २४ घण्टामा थप ५५९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ५ हजार १ सय ५ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । ४ हजार ३ सय ७८ जनाको पिसिआर र ७ सय २७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  तीमध्ये सबैभन्दा बढी काठमाडौँमा १५९, ललितपुरमा ४४ र बाँकेमा ४१ जना रहेका छन् । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ५ सय २४ पुगेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १ सय ३८ रहेका छन् । योसँगै नेपालमा अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या २ लाख ७४ हजार १ सय ६५ पुगेको छ । निको हुने दर भने ९७.७ प्रतिशत रहेको छ । 

अहिले देशभर ३ हजार ३ सय ६ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ८५ क्वारेन्टिनमा छन् । बाँकी आइसोलेशनमा छन् । हालसम्म नेपालमा २३ लाख १७ हजार २ सय ८४ को पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ ।