शीर्ष स्थानमा उक्लियो रियल

शीर्ष स्थानमा उक्लियो रियल

११ असार, काठमाडौं । 
स्पेनिस ला लिगा फुटबलमा मालोर्कालाई हराउदै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । 

सोमवार राति भएको खेलमा रियलले मालोर्कालाई २–० ले हराउदै शीर्ष स्थानमा उक्लिएको हो । रियलको जितामा भिनिसियस जुनियर र सर्जियो रामोसले १-१ गोल गरे । 

रियलको  घरेलु मैदानमा भएको खेलमा खेलको १९ औँ मिनेटमा भिनिसियसले गरेको गोलमार्फत रियलले अग्रता बनाएको थियो । त्यस्तै खेलको ५६ औं मिनेटमा कप्तान रामोसले गोल गर्दै रियललाई जीतको नजिक पुगेको थियो ।

जीतसँगै रियल ६८ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । तालिकामा बार्सिलोनाको  ६८ अंक भएपनि  ‘हेड टु हेड’ का आधारमा रियल शीर्ष स्थानमा उक्लिएको हो ।

मालोर्काको अंकतालिकामा २६ अंक छ ।