हिमाल सागरको 'तिमी छौ र' सार्वजनिक, नन्दिता र पूर्ण को अभिनय

हिमाल सागरको 'तिमी छौ र' सार्वजनिक,  नन्दिता  र पूर्ण को अभिनय

काठमाडौं, १२ साउन । 
गायक हिमाल सागरको स्वर, शब्द र संगीत रहेको नयाँ गीत ‘तिमी छौ र’ को भिडियो सार्वजनिक भएको छ । 

अमेरिकाका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा नन्दिता केसी र पूर्ण लम्सालले अभिनय गरेका छन्।

विक्की पुलामीको निर्देशन  रहेका गीतमा बाबु प्रधानको संगीत संयोजन छ । भिडियोमा शैलेश घलेको छायांकन, भरत रेग्मीको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियो पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ।

गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नसहोस्:

https://www.youtube.com/watch?v=I07JL0bBdfA