मिस युनिभर्स नेपाल २०२२ को ताज सोफियालाई

मिस युनिभर्स नेपाल २०२२ को ताज सोफियालाई

काठमाडौं, १३ भदौ । 
मिस युनिभर्स नेपाल २०२२ को ताज सोफिया भुजेलले जितेकी छन्। काठमाडौंमा भएको अन्तिम प्रतिस्पर्धामा महिला हुनुको सबैभन्दा राम्रो पक्ष के हो? भन्ने प्रश्नको जवाफ दिदैँ सोफिया विजेता बनेकी हुन्।

विजेतासँगै अब उनले अन्तर्राष्ट्रिय प्रतियोगिता मिस युनिभर्सका लागि नेपालबाट प्रतिनिधि गर्ने छिन् । उनले नगद १० लाख, नियो स्कुटर तथा अन्य धेरै उपहार प्राप्त गरेकी छन् ।

प्रतियोगितामा विपना अधिकारी फस्ट, आस्मा केसी सेकेन्ड, सेफिना जोसुआ थर्ड र मोनालिसा पराजुली फोर्थ रनरअप हुनुभएको छ ।