‘नम्बरी सुन’ को नायकमा गौरवको इन्ट्री

‘नम्बरी सुन’ को नायकमा गौरवको इन्ट्री

७ पुस, काठमाडौं । 
‘नम्बरी सुन’ को नायकमा गौरवको इन्ट्री भएकाे छ ।  राजु गिरीको निर्देशनमा बन्न लागेको  ‘नम्बरी सुन’ मा नायक आमेश भण्डारीको रुपमा अहिले गौरव पहारी भित्रिएका छन् ।

आमेश अस्ट्रेलिया उडेपछि निर्माताले गौरवसँग सम्झौता गरेका जनाइएकाे छ । मंगलवार गौरव र निर्माता नारायण खातीबीच कागजी सम्झौता समेत भएको छ ।

फिल्ममा गौरवको जोडी नम्रता सापकोटासँग रहनेछिन् ।  फिल्ममा बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृति वली लगायतको अभिनय रहनेछ ।