भारतीय गायिका नेहा कक्करको कार्यक्रम विवादमा, आयोजक पक्राउ

भारतीय गायिका नेहा कक्करको कार्यक्रम विवादमा, आयोजक पक्राउ

जेठ २६, काठमाडौं । 
ठमेलको लाइट क्लब एलओडी (लर्ड अफ डिस्को) मा शनिबार राति आयोजित भारतीय गायिका नेहा कक्करको सांगीतिक कार्यक्रम विवादमा तानिएको छ ।

आयोजक पारामाउन्ट इन्टरटेन्मेन्ट प्रा. लि. ले क्लबको क्षमताभन्दा बढी टिकट बिक्री गरेपछि कक्करको कार्यक्रम हेर्न पुगेका सयौं दर्शक क्लब बाहिरै बस्नु परेपछि उनीहरुले प्रहरी गुहारेका थिए । 

 नेपालमा पहिलो पटक प्रस्तुति दिन आएकी कक्करको लाइभ शो हेर्न पुगेका दर्शक अलपत्र परेपछि काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले आयोजक संस्थाका दीपक घिमिरे, रविन श्रेष्ठ र अर्का एक जनालाई पक्राउ गरेको छ ।

पीडितले टिकट बराबरको रकम फिर्ता पाउनु पर्ने माग गरेका छन् । सञ्चालकसँग र पीडक पक्षबीच टिकट बराबरको पैसा फिर्ता गराउने बारे छलफल भइरहेको परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।