एकै परिवारका तीन जनाले एकैपटक गरे आत्महत्या

एकै परिवारका तीन जनाले एकैपटक गरे आत्महत्या

चैत २२, काठमाडौं । 
भरतपुरमा एकै परिवारका तीन जना आमा, छोरा र छोरीले एकैपटक आत्महत्या गरेका छन्।

भरतपुर महानगरपालिका - १८ स्थित शशिनगरमा फलामको डण्डीमा  ३५ वर्षकी आमा माया आलेमगर, १५ वर्षकी छोरी विनिता आले र १३ वर्षका छोरा विवेश आलेले राति करिब १ बजेको समयमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ।

मिलन चोकमा चिया पसल गर्ने मायाले पसल नखोलेपछि दुध विक्रि गर्नेले सोधखोज गरेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतक मायाका श्रीमान नरबहादुर आले मगर नेपाली सेनामा कार्यरत छन्। आत्महत्या किन गरेको भन्ने खुलेको छैन् ।  घटना बारेमा अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।