नेपाल आउदै हलिउड फिल्मका निर्माताहरु

नेपाल आउदै हलिउड फिल्मका निर्माताहरु

१५ माघ, काठमाडौं । 
नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजनामा फागुनको १ देखि ५ गतेसम्म काठमाडौँको राष्ट्रिसभागृहमा हुन लागेको तेस्रो नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)मा हलिउड फिल्म मेकरले डिजिटल स्ट्रिमिङसम्बन्धी वर्कसप दिने भएका छन् । 

‘फिल्म मेकिङ इन एन एज अफ स्ट्रिमिङ’ शीर्षकमा आयोजना हुने वर्कसपमा हलिउडसँगै नेपालकाफिल्ममेकरले पनि आफ्नो अनुभव सेयर गर्नेछन् । हलिउडबाट ल्यारी कासानोफ, ज्याक स्टेन्ज र जोयलोन होफ आउने पक्का भएको फिल्म फेस्टिभलका निर्देशक केपी पाठकले बताए ।

ल्यारी कोफले हलिउडमा ‘टर्मिनेटर २, जजमेन्ट डे, मोर्टल कम्ब्याट’ जस्ता चलचित्र निर्माण गरेका छन् । यस्तै, लेखकसमेत रहेका ज्याक स्टेन्जले एक्स मेनः फस्ट क्लास, थोर, कोडी ब्यांक्स आदि चलचित्र बनाएका छन् । जोयलोन होफ भने नेटफिल्क्स, पारामाउन्ट पिक्चर्स र ड्रिमवर्कमा स्टुडियो एक्जुकेटिभको रुपमा काम गरेका व्यक्ति हुन् ।

दिनभर चल्ने वर्कसपमा ज्याक स्टेन्जले पटकथा लेखनको छोटो कक्षासमेत लिनेछन् भने एउटा सेसनमा निश्चल बस्नेत, नकिम उद्दिन र नम्रता श्रेष्ठ स्थानीय फिल्म विश्व बजारमा पुग्न खेपिरहेका चुनौतीका बारेमा हलिउडका फिल्म मेकरसँग बहसमा सहभागी हुनेछन् ।