क्रिस गेलले पोखरा राइनोजबाट ईपीएल खेल्ने

क्रिस गेलले पोखरा राइनोजबाट ईपीएल खेल्ने

१६ माघ, काठमाडौं । 
वेष्ट इण्डिजका स्टार क्रिकेटर क्रिस गेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

विस्फोटक ब्याट्सम्यान गेलले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् । पोखरा राइनोज टोलीबाट एभरेष्ट प्रिमियर लीग ईपीएल खेल्न उनी काठमाडौं आउने पक्का भएको आयोजकले जनाएको छ। पोखराले बिहिबार एक पत्रकार सम्मेलन गर्दै गेललाई आइकनिक खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ । 

मार्च १४ देखि २८ सम्म कीर्तिपुर मैदानमा हुने चौथो संस्करणको ईपीएलमा उनले दुई खेल मात्रै खेल्ने बताइएको छ तर उनको अनुबन्ध रकमबारे खुलाइएको छैन।

एक भिडिओ सन्देशमा गेलले आफु नेपाल आउन लागेको बताएका छन् । उक्त भिडियोमा गलले "नेपाल, गेट रेडी फर द गेम्स् भनेका छन्।" 

गेलको नाममा सबैखाले क्रिकेटमा कीर्तिमानहरू भएपनि उनलाई टी२० क्रिकेटका सबैभन्दा आक्रामक ब्याट्सम्यानका रूपमा चिनिन्छ।