नेटफ्लिक्समा हिट द ग्रे मेन को सिक्वेल बन्ने

नेटफ्लिक्समा हिट द ग्रे मेन को सिक्वेल बन्ने

२२ साउन, काठमाडौं । 
अन्तत नेटफ्लिक्स हिट 'द ग्रे मेन'को सिक्वेल बन्ने भएको छ । 

अभिनेता धनुषले यसमा आफू हत्यारा अविक सान उर्फ द लोन वुल्फको भूमिकामा फर्किने घोषणा गरेका हुन् ।

धनुषले इन्स्टाग्राममा एक भिडियो क्लिप पोस्ट गरेका छन, छ जसमा उनी हलिउड स्टार रयान गोसलिङका सीआईए कोर्ट जेन्ट्री उर्फ सिएरा सिक्सासँग देखिएको छ । 

अडियो क्लिप सेयर गर्दै धनुषले ‘ग्रे मेन युनिभर्सको सिक्वेल आउँदैछ, लेखेर यसबारे जानकारी दिएका हुन् ।

हलिउड फिल्म 'द ग्रे मेन' सन् २००९ मा रिलिज राइटर मार्क ग्रेनीको उपन्यासमा आधारित छ । फिल्ममा धनुषकासँगै गोस्लिङ, इवान्स, एना डे अर्मास, रेगे जीन पेज र जेसिका हेनविक प्रमुख भूमिकामा छन् ।

 'ग्रे म्यान ब्रह्माण्ड विस्तार हुँदैछ र सिक्वेल आउँदैछ लोन वुल्फ तयार छ, के तपाई?' भन्दै क्यापसन राखेका छन् ।