चलचित्र 'गोपी' ले गर्यो विशेष शो

चलचित्र 'गोपी' ले गर्यो विशेष शो
तस्विर सौजन्य : सिनेमा टाइम्स

माघ १६, काठमाडौं ।  माघ १८ गतेबाट प्रदशनमा आउने चलचित्र गोपीले राजधानीको  कुमारी हलमा विशेष शो कार्यक्रम गरेको छ ।प्रचार प्रसारका लागी भर्खरै देशदौडाहा यात्रा सकेको गोपीले चलचित्र प्रदशनको अन्तिम समयमा उक्त सो गरेको हो । 

चलचित्र हेर्नका लागि चलचित्रकर्मीहरु घिमिरे, जितु नेपाल , दिपकराज गिरी, दिपाश्री निरौला लगायतमा कलाकार कुमारी हलमा पुगेका थिए । यस्तै, नेकपाका नेता योगेश भट्टराई, पूर्व संचारमन्त्री महेश बस्नेत, नेत्री नविना लामा लगायतका नेता पनि उक्त सो मा उपस्थित भएका थिए । 

चलचित्रका मुख्य भूमिकामा कलाकार विपिन कार्की, बर्षा राउत, सुरक्षा पन्त रहेको चलचित्र दिपेन्द्र लामा ले निर्देशन गरेका हुन भने लेखक सामिप्यराज तिमिल्सिना, कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । 

यो चलचित्रले दृढ इच्छा शक्ति भएको खण्डमा नेपालमै केही गर्न सकिन्छ भन्ने कथा प्रस्तुत गरेको कलाकारले जनाएका छन् ।