प्रताप दासको ‘यात्रा’ सार्वजनिक

प्रताप दासको  ‘यात्रा’ सार्वजनिक

१५ पुस, काठमाडौं ।
गायक प्रताप दासले ‘यात्रा’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।  

यात्रा बोलको उक्त गीत राजधानीमा एक कार्यक्रममा बीच सार्वजनिक भएको छ ।  गीतमा प्रतापलाई पुजाले स्वरमा साथ दिएकी छिन् । सत्यराज एस.आर.सी. को शब्द र सरोज पोखरेलको संगीत रहेको गीतमा उदयराज पौडेलले संगीत संयोजन गरेका छन् । 

गीतको भिडियोमा करुणा श्रेष्ठ र प्रकाश रामदामको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन सुरेन्द्र बसेलले गरेका हुन् । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा नबिन निरौलाको सम्पादन रहेको छ ।