संक्रमण बढेपछि फ्रान्समा चार हप्तासम्म लकडाउन

संक्रमण बढेपछि फ्रान्समा चार हप्तासम्म लकडाउन

ऐेजन्सी,  १९ चैत ।  
कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा चार हप्ताका लागि लकडाउन घोषणा गरिएको छ । 

राष्ट्रपति इमानुयल म्याक्रोले शनिबारदेखि देशभर चार हप्ताका लागि लकडाउन घोषणा गरेका हुन् । राष्ट्रपति म्याक्रोले सम्वोधन गर्दै लकडाउनको अवधिमा अत्यावश्यक पसलहरुमात्र खोल्न दिइने बताए । 

संक्रमण फैलिन नदिने उद्देश्यले सार्वजनिक समारोहमा पूर्णरुपमा रोक लगाइए पनि शुक्रबार पर्ने महान पर्व इस्टर मनाउनका लागि भने मानिसहरुलाई छुट दिइएको छ ।

राष्ट्रपति म्याक्रोले कोरोना संक्रमण बढ्दो क्रममा भए पनि यसलाई रोक्न अप्ठ्यारो नभएको बताउदै आफ्ना नागरिकलाइ नडराउन भनेका छन् ।