विकी र कट्रिनाको विवाहका विरुद्दमा किन पर्यो उजुरी ? यस्तो छ वास्तविकता

विकी र कट्रिनाको विवाहका विरुद्दमा किन पर्यो उजुरी ? यस्तो छ वास्तविकता

२१ मंसिर, काठमाडौं । 
बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कटरीना कैफको विवाहका विरुद्धमा उजुरी परेको छ । 

यो जोडीको मंगलबारदेखि बिहीबारसम्म राजस्थानको सवाई माधोपुरस्थित एक शाही होटलमा विवाह चल्दैछ । दुवैजना आफ्नो परिवारका साथ राजस्थान पुगिसकेका छन् । 

यही परिप्रेक्ष्यमा स्थानीय एक वकिलले उनीहरुको विवाहविरुद्ध उजुरी दर्ता गराएका छन् ।भारतीय मिडियाले जनाएअनुसार वकिल नेत्रविन्द सिंह जादौनले जिल्ला विधिक सेवा प्राधिकरणमा उजुरी दर्ता गराएका छन् । 

वकिलले विवाहका कारण एक मन्दिरको बाटो अवरुद्ध भएकाले श्रद्धालुले समस्या भोग्नु परेको भन्दै उजुरी गरेका हुन् । उजुरीकर्ताका अनुसार प्रशासनले डिसेम्बर ६ देखि १२ सम्म चौथ माता मन्दिरको बाटो बन्द गरिदिएको छ । 

जादौनले उजुरीमा सिक्स सेन्सेज फोर्टका प्रबन्धक, कटरीना, विकी र जिल्ला कलेक्टरविरुद्ध उजुरी दर्ता गराएका हुन्।

उनीहरुको विवाहमा अभिनेता सलमान खानको बडीगार्ड शेराको कम्पनीले सुरक्षा व्यवस्था सम्हाल्नेछन् ।