नेपालमा पब्जी र फ्री फायर बन्द गर्न सांसद आशाकुमारीको माग

नेपालमा पब्जी र फ्री फायर बन्द गर्न सांसद आशाकुमारीको माग

काठमाडौं, १३ साउन । 
अनलाइनमा खेलिने पब्जी र फ्री फायर जस्ता खेलले बालबालिकालाई लतमा फसाएको भन्दै बन्द गर्नुपर्ने माग संसदमा उठेको छ । 

मंगलबार भएको प्रतिनिधि सभाको बैठकमा  बोल्दै नेकपाकी सांसद आशाकुमारी विकले पब्जी र फ्री फायर बन्द गर्न माग राखेकी हुन् ।

"पब्जी र फ्री फायर जस्ता खेलहरूको लतले बालबालिकामा डराउने, झस्कने, जिद्दीपना जस्ता स्वभाव देख्दा सामान्य लाग्ला । तर पछि गएर मानसिक रोगीको अस्पतालको अभाव हुने संकेत देखिएको छ," उनले भनिन ।

कोरोना महामारीका कारण अनलाइन शिक्षाका लागि इन्टरनेटको प्रयोग बढेको कुरा खुशी कुरा भए पनि बालबालिकाहरू पब्जी र फ्रिफायर जस्ता खेलको लतमा फसेको भन्दै सरकारले यि खेल प्रतिबन्ध लगाउनुपर्ने माग राखेकी हुन्