सागर र प्रिज्मा अलग अलग बाटोमा हिडेका हुन्?

सागर र प्रिज्मा अलग अलग बाटोमा हिडेका हुन्?

१० मंसिर, काठमाडौं। 
हास्य सिरियल ‘भद्रगोल’बाट चर्चामा आएका सागर लम्साल बले र टीकटकबाट उदाएकी प्रिज्मा  केही वर्षदेखि प्रेममा रहेको चर्चा थियो । उसो त, सागर र प्रिज्माले आफूहरु प्रेममा रहेको खबरलाई स्वीकार भने कहिले पनि गरेनन् ।

पछिल्लो समय सागर र प्रिज्मा खतिवडा पुनः चर्चामा छन्। यतिबेला भने यी दुई अलग भएको चर्चा चलेको छ । 

उनीहरुले म्युजिक भिडिओ पनि सँगै गरेका छन् । तर, पछिल्लो केही महिनादेखि प्रिज्मा र सागर एकसाथ भिडियोमा देखिन छाडेका छन् । सागर र प्रिज्मा अहिले आ-आफ्नै तरिकाले म्युजिक भिडियोमा अभिनय गरिरहेका छन् ।

सामाजिक सञ्जालमा एकसाथ तस्वीर शेयर गरिरहने उनीहरुले पछिल्लो समय कुनै पनि तस्वीर पोष्ट गरेका छैनन् ।