युभेन्टसको अपराजित यात्रा कायमै, रोनाल्डोले गरे सिजनको २० औं गोल

युभेन्टसको अपराजित यात्रा कायमै, रोनाल्डोले गरे सिजनको २० औं गोल
तस्विर सौजन्य : Marca

२८ माघ, काठमाडौं । युभेन्टसले इटालियन सिरि ए फुटबलमा सासुओलोमाथि सहज जित हात पारेको छ ।

आफ्नै घरेलु मैदानमा आइतबार राति भएको खेलमा युभेन्टसले सासुओलोलाई ३–० गोलअन्तरले पराजित गर्न सफल भएको हो । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डो, सामी खेडिरा र इमरे केनले समान १–१ गोल गरे । घरेलु मैदानमा खेलभर युभेन्टसको दबाब झेलेको सासुओलोका खेलाडीले खेल अवधिभर कुनै गोल गर्ने अवसर बनाउन सकेनन् ।

युभेन्टसको जितमा  खेलको २३औं मिनेटमा खेडिराले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा युभेन्टसले एक गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा भने युभेन्टसले थप दुई गोल गर्न सफल भयो ।

७०औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई दोब्बर अग्रता दिलाएका थिए । खेलको ८६औं मिनेटमा इमरे कानले गोल गर्दै युभेन्टसलाई ३–० गोलको जित दिलाए ।

जितसँगै लिग लिडर युभेन्टसको २३ खेलबाट ६३ अंक भएको छ । पराजित सासुओलोको भने २३ खेलबाट ३० अंक रहेको छ ।