अक्षयकुमार अभिनित ‘कटपुतली’ को टिजर रिलिज

अक्षयकुमार अभिनित ‘कटपुतली’ को टिजर रिलिज

काठमाडौं, ३ भदौ । 
बलिउड अभिनेता अक्षयकुमार अभिनित फिल्म ‘कटपुतली’ को टिजर सार्वजनिक भएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर टिजर सार्वजनिक गरिएको हो ।

तर, उनको अर्काे फिल्म ‘रक्षा बन्धन’ भने बक्स अफिस खराब प्रदर्शनका कारण चर्चामा छन् ।  यो वर्ष बक्स अफिसमा फ्लप भएको ‘रक्षा बन्धन’ उनको तेस्रो फिल्म हो ।

सामाजिक सञ्जालमा टिजर सेयर गर्दै अक्षयकुमारले लेखेका छन्, ‘यो खेल पावरको होइन, मनको हो । यो दिमागको खेलमा, तपाईं र म, सबै कठपुतली हौं ।’  टिजरमा अक्षय कुमारका धेरै तस्बिरहरु देखाइएको छ, जसमा उनी प्रहरीको भूमिकामा देखिएका छन् । 

अपराधको बिषयमा बनेको फिल्म रञ्जित एम तिवारीले निर्देशन गरेका हुन् ।