हलमा रणवीर र दीपिकाको '८३', सामाजिक सञ्जालमा ह्यासट्याग बोइकट

हलमा रणवीर र दीपिकाको '८३', सामाजिक सञ्जालमा ह्यासट्याग बोइकट

९ पुस, काठमाडौं । 
अभिनेता रणवीर सिंह र दीपिका पादुकोण अभिनित चलचित्र '८३' हलमा रिलिज भएको छ ।

सन् १९८३ मा भारतीय क्रिकेट टिमले विश्वकप जितेको कथावस्तु बोकेको चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको छ भने अर्कोतर्फ चलचित्र रिलिज हुनेबित्तिकै सामाजिक सञ्जालमा ह्यासट्याग बोइकट ८३ (#Boycott83) ट्रेन्डिङ चलेको छ ।

यो चलचित्रमा रणवीर सिंह, दीपिका पादुकोण, एमी विर्क, हार्डी संधु, पंकज त्रिपाठी, जतिन सरनाजस्ता कलाकारले अभिनय गरेका छन् ।

यस्तै, चलचित्रलाई दिल्ली सरकारले राज्यमा करमुक्त घोषणा गरेको थियो ।

चलचित्रको प्रि बुकिङमा एक मिनेटमै १५ हजार प्रति टिकट बिक्री भएको थियो ।