फार्महाउस पुगेका सलमानलाई सर्पले टोकेपछि
११ पुस, काठमाडौं ।
यतिबेला बलिउड जगतमा एकटा घटना चर्चाको विषय बनेको छ । घटना बलिउड अभिनेता सलमान खानलाई शनिबार सर्पले टोकेको हो ।
सलमान आफ्नो परिवारसँग शुक्रबार राती क्रिसमस मनाउन पनवेलस्थित फार्म हाउसमा गएका थिए, सो स्थानमा सलमानलाई सर्पले टोकेको थियो ।
उनलाई रातारात मुम्बईस्थिति कमोठे इलाकास्थित एक अस्पतालमा बिहानै ३ बजे भर्ना गरियो । उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ ।
उपचारपछि अभिनेता खान पुनः आइतबार बिहान ९ बजे आफ्नो फार्म हाउस फर्किएको भारतीय मिडियाले जनाएका छन् ।
हाल उनको स्वास्थ्य स्थिति ठिक भएको बताइएको छ ।
Facebook Comments