महजोडी अभिनित 'महापुरुष'को पोस्टर सार्वजनिक

महजोडी अभिनित 'महापुरुष'को पोस्टर सार्वजनिक

काठमाडौं, ८ भदौ । 
महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म 'महापुरुष'को पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको पोस्टरमा हरिवंश र डेब्यू अभिनेता अरुण क्षेत्रीलाई प्रस्तुत गरिएको हो । 

फिल्ममा अरुण हरिवंशका कान्छा छोराको रुपमा देखिनेछन् । सामाजिक विषयवस्तुमा आधारित फिल्ममा मदनकृष्ण, हरिवंश र अरुणसँगै गौरी मल्ल, अन्जना बराइली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायत कलाकारको अभिनय छ ।

फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । षट्कोण आर्ट्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ र दिपेश खत्री निर्माता हुन्। 

दीपक बज्राचार्यको छायांकन रहेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । 

फिल्म कार्तिक ११ अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने जनाइएको छ।