‘राधा’ को फष्टलुक सार्वजनिक

‘राधा’ को फष्टलुक सार्वजनिक

काठमाडौं, १२ असोज । 
सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित चलचित्र ‘राधा स् द सेक्रेट्स अफ राधा’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । 

चलचित्र निर्देशक तथा निर्माता सुवर्ण थापाले सार्वजनिक गरेको फर्स्ट लुक पोस्टरमा सृष्टि फिचर्ड छिन् । उनी पोस्टरमा गम्भीर मुद्रामा देखिएकी छन् ।

यता अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ केहि वर्षयता प्रेममा छन् । दुबैको केही अगाडि विवाह हल्ला समेत चलेको थियो । कोरोनाका कारण विवाहको चर्चा त्यसै सेलायो । यो चलचित्रलाई निर्देशक थापासँग मिलेर सौगातले निर्माण गरेका हुन् ।

दोस्रो लकडाउनअघि पालुङ आसपासमा छायाङ्कन भएको चलचित्रमा सौगात र सृष्टिका अलावा खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ ।

चलचित्रमा दयाहाङ राई र निश्चल बस्नेतलाई समेत विशेष भूमिकामा देख्न पाइने निर्माण टीमले जनाएको छ ।