जब क्रान्ति र प्रतिक्रान्तिको मैदानमा भेट हुने छ

जब क्रान्ति र प्रतिक्रान्तिको मैदानमा भेट हुने छ

कार्तिक २०, काठमाडौं । 
राजेन्द्र चटौत ,

काण्डै काण्डले  घेरिएको नेकपा सरकारको दुई तिहाईको वैसाखीले देश अगाडी बढुनुको सातो एक दसक पछाडी धकेलिएकोमा दुईमत छैन।  अनेकौ क्रान्तिविरहरुको बलीदानीको अर्थ शुन्य हुने खतरा छ। प्रधानमन्त्रिको विग्रदो स्वास्थ आफैमा चिन्ताजनक छ। प्रतिपक्षी नेपाली कांग्रेस आन्तरिक किचलोले गर्दा देशमा सत्ता केन्द्रीत राजनीति शुन्य छ। चियापसलदेखि भट्टीसम्म अफवाहका आफ्नै तरंग छन्। देशले कटपुतली राष्ट्रप्रमुख राष्ट्रपतिको रुपमा पाएको छ। सेनाको परमाधिपतिको अपरिपक्वताको मूल्य सिंगो देशले चुकाउनुपर्ने होकी भन्ने चिन्ता केही सिमासम्म ठिक छ। विद्रोही शक्तिहरु मौलाउदै गर्दा देशमा  तत्काललाई सेनाले हस्तक्षेप गर्ने, राजा फर्केर आउँने या अर्को सरकार बन्ने भन्ने हल्लाहरू वेकारका हल्ला हुन्। हाललाई जे जे विपत्तिहरू आउँछन् ती सवै केपी ओलीको काँधमा चढेरै आउँछन् र सरकारले पर्दा हाल्दै सफल भएको भ्रम बजारमा फैलाउदै जानेमा दुईमत छैन । देशमा जति समस्या भए पनि चुनावबाट आएको दुई तिहाईको सरकार रहेको अवस्था र सरकार संचालन गर्ने पार्टी इन्ट्याक रहेको अवस्थामा सेनाले प्रत्युत्पादक कदम उठाउँछ भनेर सोच्नु अराजनीतिक सोच हुन्छ। यधपि चुनाव हार्ने डरले ग्रस्त बन्ने नेकपाको अवस्था आयो भने निश्चितै अनर्थ हुनजाने कदमको अपेक्षा स्वभाविक हुनेछ। 

जहाँसम्म भारतको  सन्दर्भलाई जोडेर हेरिने र बोलिने कुरा छ,  हिन्दु अतिवादी भाजपाका कदम नेपाललाई लिएर अपरिपक्व छन्। बेलाबेला राजनैतिक र कुटनैतिक प्रयोग गर्न उद्दत नरेन्द्र मोदीको व्यक्तित्व र नीति स्पष्ट छैन।  भारतको भर यो सकराले समेत गरेको छैन ।  उसले पूर्व राजालाई तिमीलाई पुनर्स्थापना गरी दिन्छु, त्यसको वदलामा तिमी वाङचूक जस्तै बनिदेऊ र नेपाललाई भूटानजस्तै गरी चलाऊँ भनेर प्रस्ताव राख्न सक्छ । उसले यसरी प्रस्ताव राखे पनि र ज्ञानेन्द्रलाई उक्त प्रस्ताव मजा लागे पनि उनले अर्को चुनावको नतिजासम्म पर्खौं भन्नुको विकल्प छैन। किन कि राजा हुने हुटहुटीले दाजुको वङ्श विनास गरेर श्रीपेच भिरेर पूरै सेनाको वलमा निरङ्कुश शासन चलाउँदा पनि जम्मा जम्मी राजगद्दीमा कति बस्न पाइयो भन्ने याद उनलाई छ। फेरिपनि यसो होला भन्ने कुनै ठोस  आधार भने छैन। 

नेकपा भित्र अहिले विभिन्न शक्तिहरु “डिभाईड एण्ड रुल”को खेल विभिन्न शक्तिहरुले खेल्दैछन। यस्ता खेलहरु भरात सरकार मातहत रहेका  जासुस  एजेन्सीहरु चातुर्यता पुर्वक खेल्न सक्ने  क्षमता देखैसकेका छन।  विभिन्न माध्यम मार्फत भारतले प्रचण्डलाई तिमी केपी ओलीसँग फुट, काङ्ग्रेस र मधेशवादीसँग मिलाएर तिमीलाई प्रधानमन्त्री बनाइदिन्छु भनेको हुन सक्छ । भारतको यो प्रस्तावले प्रचण्डको भोक निद्रा सवै हराएको हुन सक्छ । तर उनले पनि भारतलाई केपी ओलीको सबै  कार्यकालसम्म पर्खौं भन्नुको विकल्प छैन । भारतले सेनालाई पनि हरियो बत्ती वालेको हुन सक्छ । तर सेनाले पनि गणतन्त्रको स्वाद चाखिसकेका जनतालाई बन्दूकले तह लगाउँन खोजियो भने सिङ्गै जनता विद्रोहतिर लाग्छन् र त्यसो गर्दा विप्लवको विद्रोहलाई मलजल पुग्छ भनेर हिसाव गरेको हुनु पर्छ। यो सबै सम्भब छ किनभने आज प्रचण्ड र देउवा दुवै निरही छन। 

त्यसैले बजारमा हल्ला गरे अनुसार केही पनि आउँदैन । जे आउँछ त्यो केपी ओलीको काँध चढेरै आउँछ। अब प्रचण्डलाई सत्ता हस्तान्तरण गर्न तयारी हुदैछ भन्नेकुरा हिजो अस्तिको के पी ओलीका निर्णयहरुले संकेत गरेकाछन । एउटा कुरा पक्का छ जे आउँछ त्यो नेपाली सेना, पूर्व राजा  ज्ञानेन्द्र र भारतलाई खुसी पार्ने र जनतालाई चिढ्याउँने कुरा नै आउँने छ। आजका हल्लाहरू नेपाली बहुदलिय व्यवस्था भित्रै ठुलो फेर बादल आउनाकै लागी विजारोपण गरेको भन्नेमात्रै पनि होइन । अब हुने सङ्घीय चुनावपछि भने कसैले बहुमत ल्याउँने छैन र यसले नेपाली राजनीतिलाई सकसमा पुर्याउने निश्चित छ । हङ पार्लियामेन्ट बन्ने छ र सरकार बनाउँने र भत्काउँने खेलो बढ्ने छ । सत्ता फेरदलको पुरानो नाटक दोहोरिने छ । जनताको पार्टी र व्यवस्थाप्रतिको अविश्वास र घृणा गुणात्मक रुपमा बढ्ने छ जसको मलजल हालैको नेकपा सरकारले राम्रैसंग गरदैछ । यही भद्रगोलमा सिके रावत लागायत  गोल हान्न विभिन्न शक्तिहरू मैदानमा छिर्न कोशिश गर्ने छन्। कोशिश दरवारीयाहरूले पनि गर्ने छन् । भारतले आफ्नो मजवुत गोटी चाल्ने छ । अमेरिका, चीन र युरोपियन युनियन पनि छिर्ने छन् । सेनाले पनि मुखमा थुक जम्मा गरेर निल्न थाल्ने छ।

निश्चितै त्यो वेला क्रान्ति र प्रतिक्रान्तिको मैदानमा भेट हुने छ। त्यो भेट निर्णायक हुने छ या एकाध फायर गरेर पछि हट्ने हुनेछ भनेर अहिलै भन्न सकिन्न। तर तीन चार वर्षपछि आन्तरिक द्वन्द अहिलेभन्दा धेरै बढ्ने छ। त्यो वेलामा दरवारीया शक्तिहरूको दाऊ राजाको अगुवाईमा, राप्रपा, काङ्ग्रेसभित्रको चरम दक्षिणपन्थी खेमा, सरकारी नेकपाभित्रका राजावादीहरू, सेना सवै मिलाएर भारत र चीनलाई संतुलनमा राखेर पछाडि फर्कने हुने छ भने क्रान्तिकारीहरूले त्यो स्थितिलाई क्रान्तिकारी दिशामा लैजाने कोशिश गर्नु पर्छ । अहिले नै फलानो र ढिस्कानाे आउदै छ भनेर चलाइएको हल्ला मेरो विचारमा आफ्नो असक्षमता ढाकछोप गर्न सरकार तर्फकाले नै चलाएको हल्ला बढी हो। काम गर्न नसकेपछि हल्लैले देश खान सकिन्छ भन्ने नीतिनै वनाईसकेको नेकपाको आगामी चुनावी हल्ला हेर्न र सुन्न लाएक हुनेछ भने अन्य जनताको मुल्यांकन कता तर्फ फलदायी हुनेछ त्यो समयनै बताउने छ यधपि वामपंथी धारको राजनीति भने लोपोन्मुख हुनेछ जसको झल्को आउदै गरेको उपनिर्वाचनमा देखिनेछ ।