प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप स्विकार्य छैन : सभापति देउवा

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप स्विकार्य छैन : सभापति देउवा

फागुन १३, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप स्विकार्य नहुने बताएका छन् । ले 

नयाँ शक्तिका रसुवा र कांग्रेसबीच एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने , ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानद्वारा प्रदत अधिकारमाथि सरकारले हस्तक्षेप गर्न लागेकाले यसका विरुद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्दछ ।’ 

पञ्चायत र राजाको शासनमा पनि यस्तै थियो, 'लेख्न बोल्न बन्देज गरिएको थियो, अहिले त्यही रुपमा जान खोजिएको छ ।’

सभापति देउवाले चिकित्सा शिक्षा विधेयकमा सरकारले ठूलो हस्तक्षेप गरेको उल्लेख गर्दै वाइडबडी, एनसेल, सुनकाण्ड र निर्मला पन्त काण्डमा सरकार मौन बसेको बताए ।