कृष्ण जन्माष्टमीमा ‘कृष्ण लीला’

कृष्ण जन्माष्टमीमा  ‘कृष्ण लीला’

१ चैत, काठमाडौं । 
चलचित्र  ‘कृष्ण लीला’ आगामी भदौमा प्रदर्शनमा आउने भएको छ । 

अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षत्रीको अभिनय रहेको चलचित्रको नाम ‘कृष्ण लीला’ भएकोले चलचित्र पनि कृष्ण जन्माष्टमी पारेर रिलिज गर्न लागेको चलचित्र निर्माताले जनाएका छन्। 

चलचित्रमा पुष्प र श्रद्धाका साथै बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाईं लगायतको अभिनय छ ।

रत्न श्रेष्ठ कार्यकारी निर्माता उक्त चलचित्र यसअगाडि गत वर्षको चैत २७ गते प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाका कारण हल बन्द भएपछि चलचित्र प्रदर्शन हुन सकेको थिए ।

दीपक ओलीको निर्देशन रहेको चलचित्रमा  रोहित कट्टेल प्रस्तुतकर्ता रहेको छन् ।

लभस्टोरी जनरामा निर्मित फिल्ममा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।