संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रीमा भट्टराई नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रीमा भट्टराई नियुक्त

साउन १५, काठमाडौं । 
संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रीमा नेकपाका नेता योगेश भट्टराई नियुक्त भएका छन् ।

बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईले सपथ खादै मन्त्रीको भार सम्हालेका हुन् ।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा गएको फागुन १५ मा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्दै आएका थिए ।

भट्टराई प्रतिनिधिसभा चुनावमा ताप्लेजुङबाट निर्वाचित संसद हुन् ।