डा. केसीको अवस्था जटिल, सुरक्षित स्थानमा सार्न अस्पतालको आग्रह

डा. केसीको अवस्था जटिल, सुरक्षित स्थानमा सार्न अस्पतालको आग्रह
file photo

 कार्तिक २४, काठमाडौं । 

 

 डडेल्धुरा अस्पतालले आमरण अनसनरत डा. गोविन्द केसीको अवस्था जटिल बन्दै गएको बताएको छ ।

उनको स्वास्थ्य अवस्था चिकित्सकीय हैसियतले अस्पतालको क्षमताभन्दा बाहिर गए जटिलता व्यवस्थापन गर्न नसक्ने बाएको छ । विभिन्न माग राख्दै प्रा. डा. केसी सात दिनदेखि डडेलधुरामा आमरण अनसनमा छन् । जिल्ला अस्पताल अगाडि एक निजी घरमा अनसन बसेका उनको स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालमा आईसीयू, एबीजी सेवा तथा दक्ष जनशक्तिको अभाव रहेकाले डा. केसीलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने चिकित्सकहरुले बताएका छन् । डा. केसीको  ब्लड प्रेसर घट्दै गएको छ भने मुटुको चालमा वृद्धि भएको छ । यस्तै रगतमा अक्सिजनको मात्र घटेको छ । मिर्गौलामा समस्या देखिएको छ ।

‘उहाँको स्वास्थ अवस्था चिकित्सकीय हैसियतले अस्पतालको क्षमताभन्दा बाहिर गएको बखत डडेल्धुरा अस्पतालबाट कुनै पनि किसिमको जटिलता व्यवस्थापन गर्न नसक्ने जानकारी गरिन्छ,’ अस्पतालले आइतबार विज्ञप्तिमार्फत भनेको छ ।