शिल्पाले हालिन् २९ सञ्चारमाध्यम र पत्रकारविरुद्ध मानहानीको मुद्दा
काठमाडौं, १५ साउन ।
बलिउड नायिका शिल्पा शेट्टीले २९ सञ्चारमाध्यम र पत्रकार विरुद्ध मुम्बई उच्च अदालतमा मानहानीको मुद्दा दायर गरेकी छन् ।
पोर्न फिल्म बनाएको आरोपमा शिल्पाका पति राज कुन्द्रा पक्राउ परेपछि मिडियाले झूठो रिपोर्टिङ गरेको र आफ्नो छवि बिगारेको भन्दै नायिका शेट्टीले आरोप लगाएकी हुन् ।
उनका पति राज कुन्द्रा पक्राउ परेपछि विभिन्न मिडियामा शिल्पाको नाम समेत जाडिएको छ । विशेषगरि, यो बिषयमा शिल्पालाई पहिले नै थाहा भएको आरोप भारतीय मिडियाले लगाउने गरेका छन् ।
शिल्पाले ती संस्थाहरुमाथि २५ करोड रुपैयाँ क्षतिपूर्तिको मागसहित मानहानीको मुद्दा दर्ता गराएकी हुन् ।साथै, उनले आफ्नो मानहानी गर्ने सबै बिषयवस्तु हटाउन समेत माग गरेकी छिन् ।
हरेक दिन यो विषयसँग जोडिएर केही न केही समाचारहरु भारतीय मिडियामा आइरहेका छन् । जसका कारण शिल्पाका पति झन्–झन् समस्यामा पर्न थालेपछि शिल्पाले मिडियाविरुद्ध मुद्दा हालेकी हुन् ।
Facebook Comments