पहिलोपटक अन्तर्राष्ट्रिय लिग खेल्न भारत गए सावित्रा र अनिता

पहिलोपटक अन्तर्राष्ट्रिय लिग खेल्न भारत गए सावित्रा र अनिता
तस्विर सौजन्य : facebook(bhandari sambaa)

वैशाख १६, काठमाडौं । 
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारी  र अनिता बस्नेतले पहिलोपटक अन्तर्राष्ट्रिय लिग खेल्नका लागी भारत गएका छन्। 

भारतको पञ्जावमा हुने इन्डियन वुमन्स लिग खेल्न सोमबार भारत प्रस्थान गरेका हुन्। दुबै खेलाडीले चेन्नाईको सेतु क्लबबाट खेल्दैछन्। 

सेतुले यसअघिको संस्करणमा सेमिफाइनलसम्मको यात्रा गरेको थियो। सेतु क्लबबाट खेल्ने विदेशी खेलाडीमा नेपालको सावित्रा र अनिता मात्र हुन्।

यसअघि सावित्रा र अनिताले माल्दिभ्समा फुटसल खेलेपनि  महिला फुटबलर यसरी बाहिरी क्लबबाट व्यवसायिक फुटबल खेल्न लागेको पहिलोपटक हो। 

आफ्नो पहिलो अन्तर्राष्ट्रिय लिग भएकाले प्रतियोगितालाई कोशेढुंगाको रूपमा लिएको भन्दै सावित्राले बताएकी छन् । 

दुबै खेलाडीलाई आइतबार अखिल नेपाल फुटबल संघ एन्फाले विदाई गरेको थियो।