राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित
तस्विर सौजन्य : द हिमालयन टाइम्स

माघ १७, काठमाडौं । मुख प्रतिपक्षी दलकोनेपाली कांग्रेसका विरोधका बाबजुत पनि  राष्ट्रियसभाले प्रतिनिधिसभाबाट प्राप्त राष्ट्रिय  चिकित्सा शिक्षा विधेयक २०७५ लाई पारित गरेको छ । 

विहिबार बसेको राष्ट्रियसभाको बैठकले प्रतिपक्षी दल नेपाली काँग्रेसका सदस्यले उठेर विरोध जनाइरहेकै बेला बहुमतको आधारमा विधेयक पारित गरेको हो ।

बैठकको सुरुमै सभाअध्यक्षको अनुमति लिएर बोलेका सांसद जितेन्द्रनारायण देवले डाक्टर गोविन्द केसीको माग सम्बोधन भएन भने मुलुकमा राजनैतिक दुर्घटना हुन सक्ने खतरा रहेको भन्दै परिस्थितिलाई गंम्भीर ढंगले बुझ्न र वार्ता टोली गठन गरि समस्याको निकास निकाल्न सरकार आफैले गरेको सहमति, सम्झौता पालनामा नैतिकता देखाउन उनले सरकारको ध्यानाकर्षण गराए का थिए ।

अर्को बैठक आईतबार अपरान्ह १ बजे बोलाइएको छ ।