मेलम्ची पहिरो : पुरिएका ८ जनाको शव भेटियो

मेलम्ची पहिरो : पुरिएका ८ जनाको शव भेटियो

१९ साउन, काठमाडौं । 
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका –११ मा गएरातिको पहिरोमा पुरिएर बेपत्ता भएका ८ जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पुरिएका सबै ८ जनाकै शव भेटिएको छ । पहिरोमा परि मृत्यु हुनेमा ७ जना नेपाली र १ जना भारतीय नागरिक रहेका छन् ।

प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका उनीहरू वीरगञ्जका प्रदिप चौरासिया, विक्रम थिङ, मानबहादुर रूम्बा, राजेन्द्र चौरासिया, सोनाम लामा, शिव बालक, सिमन घलान र भारतीय नागरिक राजेन्द्र चौधरी पहिरोमा पुरिएका थिए ।

कभर्ड हल बनाउन आएका ९ मजदुर बसेको टहरा आइतबार राति २ बजे आएको पहिरोले पुरेको थियो । 

जीवितै उद्धारपछि बारू साह नाम गरेका भारतीय नागरिकलाई  मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पछि थप उपचारका लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको छ ।