नेपाली फुटबल टिमको नयाँ जर्सी सार्वजनिक

नेपाली फुटबल टिमको नयाँ जर्सी सार्वजनिक
तस्विर सौजन्य : anfa

फागुन २०, काठमाडौं । 
अखिल नेपाल फुटबल संघ एन्फा ले राष्ट्रिय फुटबल टिमको नयाँ जर्सी सार्बजनिक गरेको छ ।एन्फाले सोमबार पत्रकार सम्मेलन गरी नयाँ जर्सीसँगै एन्फाको नयाँ लोगो र नयाँ फुटबल गीत समेत सार्वजनिक गरेको हो ।

नेपाली फुटबल टोलीको नयाँ जर्सीमा देब्रेपट्टी एन्फाको लोगो हुनेछ । यसअघि त्यस ठाउँमा राष्ट्रिय झण्डा राखिएको थियो । जर्सीमा सगरमाथाको आकृति पनि बनाइएको छ ।

नयाँ लोगोको माथि सगरमाथा र बीचमा नेपालको झण्डा राखिएको छ। पुछारमा फुटबलको चिन्ह छ। यस्तै फुटबल भित्र मुलुकको ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने गरी सातै रङ राखिएको छ।

एन्फाले पहिलो पटक फुटबल गीत पनि बनाएको छ । गीतको बोल छ, ‘फुटबल फुटबल फुटबल, हामी खेल्छौ देशको नाम राख्छौ ’ यो गीत राष्ट्रिय गीतकै रचनाकार ब्याकुल माइलाले गरेका हुन् । प्रदीप बम्जनले संगीत भरेका छन् भने आनन्द कार्की, शिव परियार, इन्दिरा जोशी लगायतले स्वर दिएका छन् ।