घूससहित बुटवल राजस्व कार्यालयका प्रमुखसहित दुईजना पक्राउ

घूससहित बुटवल राजस्व कार्यालयका प्रमुखसहित दुईजना पक्राउ

अनिल सापकोटा
२० साउन, बुटवल । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख र घुस दिन खोज्ने अर्का एक व्यवसायीले नियन्त्रमा लिएको छ । 

व्यवसायीसँग घुस लेनदेन गर्दै गरेको भन्ने गोप्य सूचनाका आधारमा वुटवल उपमहानगरपालिका १३ बुद्धचोकबाट घुस लिने र दिने दुबैलाई प्रकाउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालले इन्युज नेपाललाई बताए ।

घुस लिने विजय राना राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख हुन भने घुस दिने व्यवसायी अनिलकुमार झा गुट्खा र चिनी व्यवसायी भएको सूचना अधिकारी भुसालले बताए । 

दुवै जनाबाट २ लाख रुपैयाँ नगद बरामद भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेका सूचना अधिकारी भुसालले बताए ।