नेपाल एयरलाइन्सका पाइलट विजय लामा प्रवक्ताबाट निलम्बित

नेपाल एयरलाइन्सका पाइलट विजय लामा प्रवक्ताबाट निलम्बित
तस्विर सौजन्य : southasia

वैशाख १७, काठमाडौं । 
नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलट तथा प्रवक्ता विजय लामाको लाइसेन्स सस्पेन्ड गरिदिएको छ।

विभिन्न मिडियामा लामाले दिएको अभिव्यक्तिबाट गम्भीर सुरक्षा चासो उत्पन्न भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो।

प्राधिकरणले लामालाई प्रवक्ताबाट नहटेसम्मका लागि जहाज उडान रोक लगाउने निर्णय गरिएको महानिर्देशक संजिव गौतमले जानकारी दिए। 

यता लामाले भने आफूले अनौपचारिक जानकारी पाए पनि यसबारेमा आधिकारिक पत्र नपाएको प्रतिक्रिया दिएका छन् ।