पाल्पामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
वैशाख १७, पाल्पा ।
पाल्पामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
पाल्पाको निस्दी गाउँपालिका–७ मा लु १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा त्यसका चालक बुद्धिवल क्षेत्री, निस्दी गाउँपालिका–७ का खडगबहादुर सोमै, देवलाल खनगाह, लालबहादुर सारु र सन्तबहादुृर सारु रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
जिपमा ६ जना सवार रहेकामा ५ जनाको मृत्यु भएको र १ जनाले भने जिपबाट हाम फालेर ज्यान जोगाउन सफल भएकाजिल्ला प्रहरी कार्यालय पाप्लाका प्रमुख प्रहरी एसपी विश्वमणि पोखरेलले जानकारी दिए का छन्।
दुर्घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
Facebook Comments