भोलिदेखि फिल्म हल खुल्ने, हलमा पुष्पा र चपली हाइट–३ दोहोरिने

भोलिदेखि फिल्म हल खुल्ने, हलमा पुष्पा र चपली हाइट–३ दोहोरिने

२९ माघ, काठमाडौं । 
कोरोना माहामारीका कारण दोस्रोपटक बन्द गरिएका फिल्म हल भोली फागुन १ देखि खुल्ने भएका छन्।

कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन हुन लागेका हुन् । 

सोहि क्रममा सरकारले फागुन १ गतेदेखि फिल्म हल खोल्ने निर्णय गरेको हो। कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को यसअघि बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै फिल्म हल खुलाउन सरकारलाई सिफारिस गरेको थियो।

तेस्रो लहर सुरु भएपछि सरकारको निर्देशनमा स्थानीय प्रशासनले गत माघ ३ गतेदेखि हल बन्द गराएको हो।  जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै फिल्म हलहरु खुल्ला हुने भएका हुन् ।

फिल्म हल खुल्ला हुने बितिक्कै दक्षिण भारतीय फिल्म पुष्पा र नेपाली फिल्म चपली हाइट–३ लगायतका फिल्म हलमा प्रदर्शन हुने छन् ।

कोभिड-१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भोलिदेखि सञ्चालन हुँदैछन् ।