रुपन्देहीमा एकैदिन १३ जनाको मृत्यु, ५८७ संक्रमित,

रुपन्देहीमा एकैदिन १३ जनाको मृत्यु, ५८७ संक्रमित,

बुटवल, २२ वैशाख । 
पछिल्लो २४ घण्टामा रुपन्देही जिल्लामा मात्र ५८७ जना कोरोना संक्रमित भएका छन् । सोहि अवधीमा कोरोना संक्रमणबाट जिल्लाभर १३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । 

पछिल्लो २४ घण्टामा १३२९ जनाको पिसीआर परिक्षणबाट ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

रुपन्देहीमा सबैभन्दा बढि बुटवल उपमहानगरपालिकामा २५५ जनामा संक्रमण पुष्टि भएको छ । तिलोत्तमा नगरपालिकामा १३६, सिद्धार्थनगर नगरपालिकामा ६७, सैनामैनामा ४३ जना र देवदहमा ३६ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देही जिल्लाभर  हाल ४ हजार ९५५ जना सक्रिय संकमित रहेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार रुपन्देहीमा हालसम्म १५ हजार ३५३ जनामा कोरोना संक्रमण भएको छ भने २३३ जनाको मृत्यु भएको छ ।