सरकारले तोकेभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

सरकारले तोकेभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं, २३ वैशाख । 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । 

मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने चेतावनी दिएको हो।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जारी एक ध्यानकर्षण पत्र जारी गर्दै बढी शुल्क लिने अस्पतालका बारेमा मन्त्रालय र स्थानीय प्रशासनमा परेको उजुरी तथा अनुगमनका क्रममा भेटिए कडाभन्दा कडा कारवाही गरिने बताएका छन् ।  

“महामारीको यो सङ्कटमा हामीले एकले अर्कालाई सेवभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ”, सहप्रवक्ता अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अनावश्यक बढी शुल्क लिनेलगायतका गैरकानूनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्थाउपर यस्ता गतिविधि नगर्न नगराउन हुन सचेत गराइन्छ ।”