कालिकामाई गाउँपालिका अध्यक्ष नथुनीप्रसादको ८१ वर्षको उमेरमा निधन

कालिकामाई गाउँपालिका अध्यक्ष नथुनीप्रसादको ८१ वर्षको उमेरमा निधन

पर्सा, १७ वैशाख ।  
पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहको आज बिहान निधन भएको छ ।

पाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या जस्ता रोगबाट ग्रसित ८१ वर्षीय कुशवाहको बिहान २ बजे वीरगञ्ज –९ स्थित आफ्नै निवासमा निधन भएको हो । 

बढ्दो सङ्क्रमणका कारण घरमै उपचार गराइरहेका कुशवाहलाई कोरोनाको लक्ष्य देखिए पनि पिसिआर परिक्षण नभएको परिवारिक स्रोतले जनाएको छ। 

चार दशकदेखि सक्रिय राजनीतिमा रहेका कुशवाह सङ्घीय समाजवादी पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन्। 

कुशवाहको तीन छोरा र पाँच छोरी छन्।