विद्या भट्टराईले लिइन शपथ

विद्या भट्टराईले लिइन शपथ

पुस १,काठमाडौं ।

गत मंसिर १४ गते सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् ।

उनलाई प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्वाहाङफेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा निधन भएपछि कास्की २ मा भएको उपनिर्वाचनमा सत्तारुढ दल नेकपाबाट उम्मेदवार बनेकी विद्याले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई भारी मतअन्तरले पराजित गर्दै संघीय संसदको सांसदमा निर्वाचित भएकी थिइन । 
भट्टराईले आफू कास्कीको विकासका लागि प्रतिवद्ध भएर लाग्ने बताइन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै भट्टराईले भनिन्, ‘पहिलो विकास र त्यसपछि नीति निर्माणलाई प्राथमिकता दिन्छु ।’