'सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक, चलचित्र प्रदर्शनकाे यस्ताे छ तयारी

'सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक,  चलचित्र  प्रदर्शनकाे यस्ताे छ तयारी

२३ साउन, काठमाडौं । 
चलचित्र ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक भएको छ । 

सुदर्शन थापाको निर्देशनमा बनेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो ।

चलचित्रको ट्रेलरमा पूजा, आकाश र सुनम तोप्देन देख्न सकिन्छ । त्रिकोणात्मक प्रेम सम्बन्धमा आधारित रहेको यो फिल्मबाट तोप्देनको पहिलो डेब्यु चलचित्र हो । फिल्मको कथा यीनै तीन पात्रका बीचमा घुमेको  छ ।

चलचित्र एबी इन्टरनेसनलको ब्यानरमा निर्माण गरिएको हो । महेश दवाडीले लेखेको पटकथामा आधारित फिल्ममा शर्मा, श्रेष्ठ र तोप्देनबाहेक सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ललगायतका कलाकारको पनि अभिनय रहेको छ ।

चलचित्र भदौ १७ गतेबाट सिनेमा हलमा प्रदर्शनमा आउने छ।

http://<iframe width="560" height="315" src="https://www.youtube.com/embed/c1fpUHbJrMk" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>