दीपिका पादुकोण अभिनीत 'गहराइयां' को टिजर सार्वजनिक
५ पुस, ऐजेन्सी ।
दीपिका पादुकोण र सिद्धान्त चतुर्वेदी अभिनित चलचित्र 'गहराइया' को टिजर सार्वजनिक भएको छ ।
दीपिका आफैंले सामाजिक सञ्जालमा फ्यानसँग फिल्मको टिजर सेयर गर्दै जानकारी दिएकी हुन् ।
शकुन बत्राद्वारा निर्देशित यो चलचित्र २५ जनवरी २०२२ मा ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलीज हुने बताइएको छ ।
Facebook Comments