प्रताप र रचनाको 'मैले माया लाउने कुन खालको' गीत सार्वजनिक

प्रताप र रचनाको 'मैले माया लाउने कुन खालको' गीत सार्वजनिक

१० मंसिर, काठमाडौं। 
नेपाल आइडलबाट उदाएका गायक प्रताप दास र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘मैले माया लाउने कुन खालको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । 

महेश विक्रम पाण्डेको शब्द संगीत र संगीत संयोजन रहेको गीतमा विशाल नेपालीको निर्देशन र कोरियोग्राफी रहेको छ ।

भिडियोमा मदन रोकाया र करिश्मा ढकालको अभिनय छ । 

दिनेश पराजुलीको छायाँकन रहेको भिडिओमा अमृत चापागाईँको सम्पादन छ । 

गीत मदन रोकाया युट्युब च्यानलमा हेर्न सकिन्छ ।