यस्तो छ ‘चुरिफुरी’को ट्रेलर
१० मंसिर, काठमाडौं।
कमेडी र सामाजिक कथावस्तु उठान गरेको चलचित्र ‘चुरिफुरी’को ट्रेलर सार्वजनिक भएको छ ।
ऋषिराज आचार्यको निर्देशनमा तयार भएको चलचित्रमा रविन्द्र झा, शिशिर भण्डारी, सुवोध गौतम, पवन खतिवडा, दीपक आचार्य, सुरविर पण्डित, सुनिता श्रेष्ठ, सोना बज्रचार्य, राजेन्द्र खाती, लक्ष्मी ढकाल लगायतको अभिनय छ ।
ऋषिराज र रिना ढकालको निर्माण रहेको चलचित्रमा विमला भुषाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी सह-निर्माता छन्।
राहुल राईको छायांकन, नविन निरौलाको सम्पादन रहेको फिल्ममा ऋषिराज आचार्यको कथा, पटकथा र निर्देशन छ ।
Facebook Comments