हरिवंश र स्वस्तिमाको ‘कर्कलो कोक्याउला’ सार्वजनिक (भिडियोसहित)
२९ पुस, काठमाडौं ।
वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ’कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ ।
बिहिबार काठमाडौंमा एक औपचारिक कार्यक्रम आयोजना गरी यो गीत सार्वजनिक गरिएको हो। सामाजिक कथा समेटिएको उक्त गीतमा हरिवंश आचार्य र समीक्षा अधिकारीको स्वर रहेको छ।
रमाइलो शैलीमा प्रस्तुत गरिएको भिडियोमा चेलिबेटी बेचबिखनको कथा भन्दै उनीहरुलाई सजग गराउने काम गरेको छ । नेपाली चेलिबेटीलाई दलालले कसरी झुक्याउँछन् र फकाएर विदेश पुर्याउने भनेर कथाको रुपमा देखाइएको छ।
गीतको भिडियोमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, महेश त्रिपाठी, नविन लम्साल र घनश्याम पाण्डे लगायतका कलाकारको अभिनय छ।
किरण तुलाधरको एरेन्ज गरेको उक्त गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका हुन्।
Facebook Comments